कम्युनिटी शिल्ड आर्सनललाई

प्रिमियर लिगको साविक विजेता समेत रहेको लिभरपुललाई पराजित गर्दै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । खेलमा एक–एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटवाट गर्नु परेको हो ।
पेनाल्टी सुटआउटमा लिभरपुलले ५–४ को गोल अन्तरले खेल गुमाएको हो । शनिबार वेम्बली स्टेडियमा निर्धारित ९० मिनटको खेलमा एक– एकको बराबरीमा खेल रोकिएपछि पेनाल्टी सुुटआउटमा गएको थिप्रिमियर लिगको साविक विजेता समेत रहेको लिभरपुललाई पराजित गर्दै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । खेलमा एक–एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटवाट गर्नु परेको हो ।
पेनाल्टी सुटआउटमा लिभरपुलले ५–४ को गोल अन्तरले खेल गुमाएको हो । शनिबार वेम्बली स्टेडियमा निर्धारित ९० मिनटको खेलमा एक– एकको बराबरीमा खेल रोकिएपछि पेनाल्टी सुुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा आर्सनलका सवै पाँच खेलाडीले खेल गरे भने लिभरपुलका रिहन ब्रेउस्टर गोल गर्नवाट चुक्दा नतिजा आर्सनलको पक्षमा गएको हो ।
लिभरपुलका तर्फवाट मोहमद सलाह, फाविन्हो, ताकुमी र कुर्टिस जोन्सले गोल गरेको थिए । उता आर्सनलका रेएस नेल्सन, सेड्रिक, एन्सले मेटल्याण्ड, एमरिक ओबामियाङ र डेभिड लुइजले गोल गरेको हुन ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा आर्सनका ओबामियाङले खेलको १२ औ मिनटमा १–० को अग्रता दिलाएका थिए भने खेलको दोस्रो हाफको २८ औ मिनटमा लिभरपुलका मिनामिनोले गोल फर्काउँदै १–१ को बराबरीमा पुर्याएका थिए ।